logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडौं / काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान जथाभावी बाटो काट्न खोजेका ती युवकलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा उनले प्रहरी जवानमाथि हातपात गरेका थिए।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।