— चन्द्रप्रसाद न्यौपाने
राजधानी समीप ऐतिहासिक सुन्दर सहर बनेपाको बिचतिर हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्त एक भलादमी प्रतिभाको निकेतन छ । विक्रमाब्द २०५१ को कार्तिक महिनामा पहिलोपल्ट मलाई त्यहाँ पुग्ने सौभाग्य मिलेको थियो । त्यहाँ पुग्दा मलाई एकान्तको शान्त झुपडीमा तपस्यारत ऋषिमुनिको आश्रममा पुगेजस्तो अनुभव भयो । कल्पानामा ज्यादा हराएर हो वा मोहन दुवालको इमानदारिताको कथा सुनेर हो मोहन दुवाललाई देखेपछि मोहन दुवाल आफै एउटा महाभारत हो भन्ने मलाई लाग्यो । म सारगर्भित भएँ( मैले एउटा साँच्चैको महापुरुष पाएँ । त्यही प्रभावले होला आजकाल म उनीकहाँ बारम्बार गइरहन्छु, सङ्गत पाउँछु, दुःखसुखका भलाकुसारीमै हाम्रो साहित्यको सिर्जना हुने गर्छ । ओझेलमा परेका कवि चन्द्रप्रसादु शीर्षकमा एउटा परिचयात्मक लेख साप्ताहिक जनधारणामा पहिलोपल्ट प्रकाशित गरी मलाई उनले सबैभन्दा पहिले प्रकाशमा ल्याएको कुरा संस्मरणयोग्य छ मेरा लागि मात्र ।

न अग्लो न होचो ठिक्कको सधैँका एकत्व हिमशिखरमुनिको मैदानजस्तो शान्त अनि मौन तपस्वी ऋषिमुनिका साधना हुन् ती । के चियाइरहेछन् धरतीको उपल्लो क्षितिजतिर हेरेर १ एउटा आफ्नै संसारको खोजीमा अनौठो यात्रा गर्दै रहेको यात्रु । म स्पष्ट देखिरहेछु( त्यहाँ कुनै तुवाँलो छैन । कति स्वच्छ वातावरण १ मानौँ स्वच्छ नीलगगन आफ्नो अद्भुत रूप देखेर दङ्ग छ । त्यो अद्भुत आकाश त्यसको कुनै सीमा छैन । त्यो आकाशमा सधैँ सधैँ छन् एक तत्त्वदर्शी मोहन १ उनको म कुन बखान गरौँ रु यो दुनियाँ मोहित छ, मोहनको त्यो कञ्चन शीलस्वभावबाट ।
मोहन, स्वच्छ संसारको स्वच्छ वातावरणमा हुर्केको पिपलको बोटसमान छन् । त्यो बोटलाई न हल्लाउँदा हल्लन्छ न उखेलेर मिल्काउन सकिन्छ । प्रत्येक जीवजनावर त्यसको छहारीमा ओत लाग्छन् । कुन विचार, के जात, कहाँको पेसा रु अहँ, ओत लाग्नेलाई पिपलको बोटले सोद्धैन । बराबरी शीतल प्रदान गर्दछ १ सधैँ गम्भीर मुद्रामा प्रदर्शित, भलादमी मान्छे मोहन इमानदारिताको एउटा आदर्श र नमुनाको धरोहर युगसाहित्यकारलाई देखेपछि म एकाएक सपना देख्छु( कविशिरोमणि लेखनाथ पौड्यालको ुतरुण तपसीुका नायक वृद्ध रुख । मोहन त्यो बुढो रुखसमान छन् । त्यो रुखले तपसीलाई कुन युगको वर्णन सुनाएन रु कुन कुरा बताएन रु कुन वेदना खोलेन रु कुन हाँसो हाँसेन रु कुन सृष्टिको भेद खोलेन रु धन्य प्रकृति १ संसारमा त्यस्ता रुखको पनि जन्म दिएकी रहिछ्यौ १ ती मोहन, बनेपाका एक नमुना र आदर्श बोकेका उदाहरणीय मान्छे १
दुवाललाई देखेपछि म गम्भीर बन्छु । गम्भीर हुनाको भाव हम्मेसी आउन्न १ गम्भीर देखिन गम्भीर कुराकै खाँचो पर्दछ । गम्भीर प्रश्न उठ्छन् मेरा मनमा । मोहन जन्मिए कसरी रु देखा परे यसरी( मानवतत्त्व लिएर । सधैँको एकैनास अविरल हिमनदी, धनहरा फाँटको प्राण १ म अझै हेर्छु( त्यो गति निरन्तरता छ अझै निरन्तरता १ पानीमा घाम पर्दा देखिने इन्द्रेनीको सौन्दर्य १ इन्द्रेनीको आफ्नै विशेषता छ । घामपानीको भाव इन्द्रेनी १ त्यसमा विचित्रको चमक छ । अद्भुतको कला छ इन्द्रेनीमा । त्यो कलामा शृङ्गार छ । मोहन बाह्रमासे फूल हुन् १ कुनै महिना फुल्नबाट वञ्चित नहुने बाह्रमासे फूलको आफ्नै पहिचान र सौन्दर्य छ । म मोहनमा अद्भुत कला देख्दछु । म मोहनलाई कहिले अन्धकार रातमा जूनकिरीको चम्चम्(चम्चम् चम्कावटले घोर निशालाई चिरेर कुनै गन्तव्यस्थान ताक्दै हिँडिरहेको देख्छु । मैले मोहनलाई भूत, वर्तमान र भविष्य तिनै कालमा देखेको छु । मोहन इतिहास हुन् हाम्रा लागि । घनघोर निशामयी संसारको एउटा पिलपिले टुकी निराकार जगत्का सम्पूर्ण प्राणीका आँखा त्यतै केन्द्रित छन् । पिलपिले टुकीको ज्योति केन्द्रविन्दु मोहन कहिले महाखडेरीको अन्नपात, बालीनालीमा दूरको क्षितिजबाट निस्किएको बादलजस्तो आशाको संसार बोकेर आएजस्तो देखिन्छन् । मोहनको गति निरन्तर छ । एक निमेष रोकिएन सूर्यको गति १ यस धरतीमा भयानक उलट्पुलट् आउँदो हो १ त्यो सूर्यको पर्यायवाची मोहन, बनेपा सहरको केन्द्रविन्दु सधैँको हँसिलो अनि उज्यालो भोलाखाटोलको जनमतचोक आफैँ तेजोमयी छ । आनन्दको एउटा संसारमा मुस्कुराएको झैँ लाग्छ । जनमतचोक र त्यहाँ मोहन छुनुमुन छुनुमुनु नाचे झैँ लाग्छ । सबैको मायाका नानी मोहन, छुनुमुनु(छुनुमुनु नाच्दै युगका गीत गाइरहे झैँ लाग्छ १ मोहन दुवाललाई बनेपाबाट झिकिदिए बनेपा रित्तिनेछ झैँ लाग्दछ । उनी काँग्रेस, कम्युनिष्टभन्दा माथि उठेका छन् ।
मोहन मानवीय चेतनाका चेत्ज्योति हुन् । कतै मेरा आँखा दिग्भ्रमित भएका हैनन् रु अहँ १ मेरा दुवै आँखा सद्धे नै छन् । म अझ नियालेर हेर्छु( सधैँ उस्तै देख्छु । ८(१० हजार शीर्षकका विभिन्न पुस्तकका आँखा, असरल्ले पत्रपत्रिकाले मोहनलाई क्वारक्वार्ती हेरिरहेका छन् । मोहन दुवाल तिनलाई सुम्सुम्याउँछन्, कोरीबाटी गरिदिन्छन् । कतै गाजल लगाइदिन्छन् । चिटिक्क पार्छन् । अनि उनलाई भेट्न जाने साहित्यिक प्रेमीलाई के के लेखेर पुस्तकहरू उपहार दिन्छन् । हो, मेरा दुवै आँखाले एकोहोरो देखिरहेका छन्( मैले हिमाललाई मैदान ठानेको छैन । पहाडलाई समथर देखेको छैन । मरुभूमिलाई समुद्र र समुद्रलाई मरुभूमिको नामाङ्कन गरेको होइन । मेरा आँखा सद्धे नै हुनुपर्छ । म देखिरहेछु( त्यो निरन्तरता कहिल्यै थाकेको छैन । कहिल्यै सेलाएको छैन । त्यो मोहन सधैँको तातो, रापिलो अनि वाफिलो १ दुवाल आफू मात्रै वाफिला छैनन् आफू र आफ्ना सङ्गतमा आएका र विवेकले देखेका सबैका न्यानो बनेका छन् ।
प्रेरणाका स्रोत मोहन दुवाल सधैँका स्वाभिमानी । सधैँ साहित्यिक उत्थानका निम्ति समर्पित दुवाल लगनशील र साधनाका उदाहरण मोहन नेपाली भाषालाई माया गर्छन् । स्पष्ट वैचारिक दृष्टिकोण उनको गहना हो । कहीँ झम्झम् झरी परिराखेको होसस कतै अन्धकार छाएर निराकार कुहिरोले ढाकेको होस्स कतै स्यालका बथानले हुय्याहुय्या गर्दै कुसङ्केतको बोली बोलेको होस्स कतै गिद्ध र कौवाका आँखाहरू यत्रतत्र घुमिराखेको होस्, जता जे होस्, मोहनको गति उस्तै छ । हलचल छैन । निर्भीक, निडर अनि स्वाभिमान १ स्वाभिमानी मान्छे देखेपछि मेरो आत्माले सम्मान गर्छ( स्वाभिमानी मान्छे, तँ हजार दुःख सहेर पनि एउटा सुखको बाटो निर्माणमा लाग् १ मलाई पनि त्यस्तै बन्न मन लाग्छ( त्यसकै आदर्श र नमुनाको अनुकरण गर्न मन लाग्छ । मेरा मनमा अनेकन कुराहरूले कुत्कुत्याउँछन् । मोहन एक अनुकरणयोग्य स्वाभिमानी मान्छे १ दुवालको शिर झुकेको मैले देखेका छैन । उँचा शिर स्वाभिमानीको प्रतीक हो । साहित्य स्वाभिमानी हुनु पर्दछ( यस्तै भावनाले उत्प्रेरित मोहन आफै महाभारत हो । एउटा सिङ्गो महाभारत मोहन, उनमा के कुराको खाँचो छ रु नवैरस त्यसैमा छ । कला(संस्कृतिको बखान त्यसैभित्र छ । इमान, इज्जत र प्रतिष्ठावान् नायकत्वको भूमिका त्यहीँ छ । साँच्चै विराट् महाकाव्य महाभारतको पर्यायवाची मोहन ।
आजकाल हामी अपहेलना गर्न सिकिरहेका छौँ मोहनजस्ता साहित्यकारलाई । उपदेशको युग यो होइन भन्दै हामी सीमाभन्दा माथि पुगेर उफ्रिरहेछौँ । जो आजन्म भाषासाहित्य उत्थानप्रति समर्पित छ, उसको तारिफभन्दा अर्कै किसिमका मान्छेका तारिफ गर्नमा हामी लालायित छौँ । हामी चाप्लुसी गर्न स्वाभिमान बेच्छौँ ।
काठमाडौँ पूर्व बनेपा सहरमा अवस्थित जनमतचोक साहित्यिक तीर्थस्थल हो । भाषिक अड्डा हो । त्यसका कारिन्दा मोहन दुवाल युगसंवाहक हुन् उनका आफ्नै आकाङ्क्षा छन्( जुन आकाङ्क्षाले देश र जनताको समुन्नति चाहन्छ । आफू एक्लै अगाडि बढ्न चाहँदैनन् मोहन दुवाल । आफू सँगसँगै आफूजस्तै सहयात्रीका पनि उनी पथप्रदर्शक हुन् । उनी आफूसँगै सबैलाई अगाडि बढाएर हिँडाउन चाहन्छन् । दर्जनौँ पुस्तक(पत्रिकाका प्रकाशक मोहनका कृति(कृतित्व अजम्बर छन् ।
इतिहास बनिसकेका मोहन दुवाल, म देखिरहेछु( भविष्यका अभिलेख हुन् “मोहन दुवालः सामान्य परिचय”( केही साहित्यिक व्यक्तित्व, कृतित्व(१ मा मैले दुवालका बारेमा केही शब्दमा बोलिसकेको छु( जहाँ इमानदार छ त्यहाँ सत्य छ । सत्य चिरञ्जीवी हुन्छ । आखिर मोहन दुवाल एक सत्य हुन् । सत्य सर्वविजयी हुन्छ । सत्य रहने भाव मोहन दुवालमा छ । मलाई मोहन दुवाललको बारेमा व्यक्तिगत बढाइचढाई गर्नु छैन, उनको साधनाको सम्मान गर्नु छ । उनको तपस्याको अनुयायी बन्न मलाई रहर लागेको छ । उनको योगदानको कदर गर्न मलाई जिम्मेवारी आएको म सम्झन्छु । मोहनजस्ता बहुमूल्य व्यक्तित्व देशका सामुन्ने अपरिचित छन् । तिनले दिव्य सन्देश छरेका छन्( त्यसको उचित कदर छैन । तिनलाई युगले बुझेको छैन । युग विपरीत मोडमा छ । देश देवकोटाकालभन्दा अझ अगाडि बढ्नु पर्नेमा झन्झन् पछाडि धकेलिँदै छ । यसो हुनुमा देश नै दोषी ठान्दिनँ म । देश त एउटा साधन हो, त्यसको उपयोग गर्नेमाथि प्रश्न चिन्ह खडा हुन्छ ।
मोहन दुवाल मेहनती एवं लगनशील मान्छे हुन् । उनले धेरै साहित्यिक कृतिका रचना गरेका छन् । सम्पादन क्षेत्रमा निजात्मक विशेषता नै बोकेका मोहन दुवाल अद्वितीय प्रतिभा हुन् । निबन्धात्मक शैलीमा उनका साहित्यले प्रथम स्थान लिन्छ । उनी कवितात्मक शैलीमा द्वितीय स्थानमा प्रस्तुत छन् । गद्यात्मक लेखनमा प्रखर देखिने दुवालमा पद्यात्मक शैलीको खाँचो रहेको छ भन्न हामी सक्तैनौँ किनकि रूप मात्रै सबैथोक होइन भाव नै विश्व हो । मलाई मोहन दुवालको व्यक्तिगत चरित्रचित्रण गर्नुभन्दा पनि उनका कृति(कृतित्वको चित्रणमा भुलिरहन मज्जा लाग्छ, आवश्यक ठान्छु । मोहन देशका आँखा हुन् । आखिर मोहन एक सत्य नै हुन् । तत्सत्य मोहन १
मोहन दुवाल स् एक अध्ययन
वि।सं। २००६ जेठ २१ गते पिता गणेशबहादर र माता खिलकुमारी दुवालले मोहनलाई यस धर्तीमा टेकाइदिएका हुन् । यिनको विवाह २०३५ सालमा दिलबहादुर श्रेष्ठकी सुपुत्री भारती श्रेष्ठसँग भयो । एक पुत्र र दुई पुत्रीसमेत पाँच जनाको सुखी परिवारमा रहेका दुवालको घर बनेपा(७ भोलाखाटोल ९जनमतचोक० काभ्रेपलाञ्चोकमा छ । मोहन दुवाल अत्यन्त मेहनती, इमानदार एक सज्जन स्रष्टा एवम् सम्पादक हुन् । उनी असल कर्मका क्षेत्रमा देखिएका सुन्दर नमुना पनि हुन् । दुवालले चलाएको जनमत १०० औं अङ्क ९हुन त अहिले ३४७ अङ्क पुगिसकेका छन्० पुगेपछि मैले छोटो टिप्पणी गरेको थिएँ यसरी स्
सिङ्गो नेपाली मनलाई छोएको साहित्यिक पत्रिका
जनमत जनताको मत लिएर सयौँ अङ्कमा प्रवेश गरिसक्यो । यसका प्रधान सम्पादक मोहन दुवालले यस क्षेत्रमा कठिन परिश्रम खर्चेको देखिन्छ । सरकारी क्षेत्रबाट निस्कने गरेका थोरै साहित्यिक पत्रिकामात्रै १०० अङ्कभन्दा माथि चढेका छन् । तर निजी क्षेत्रबाट निक्लने गरेका साहित्यिक पत्रिकामा ९त्यो पनि मोफसलबाट निस्किएर।।। रु० सिङ्गो नेपाली मनलाई छोएको साहित्यिक पत्रिकाका श्रेणीमा जनमत ुकु श्रेणीमा रहेको देखिन्छ ।
बनेपाबाट देशका सबै क्षेत्रमा पुगेको र नेपालीभाषी विदेशीका आँखामा पनि रमाएको जनमतका सयौँ अङ्कले मोहन दुवालको पहिचान दिएको छ । सिङ्गो नेपालीलाई नमुना प्रस्तुत गरेको छ । नेपाली साहित्यिक पत्रकारिता इतिहासमा आधुनिक कालको जनमतले उल्लेखनीय एवम् उदाहरणीय स्थान ओगटेको छ । लाग्छ, यतिखेर देशको जिउँदो साहित्यिक पत्रिका जनमत भएको छ( शुभकामना छ । साहित्यिक मासिक जनमत शताङ्क २०६१ चैत्रपछि जनमत र मोहन दुवालकाबारे फेरि अर्को टिप्पणी लेखेको थिएँ मैले ।
२०६० सालमा जनमत जनकसेवा सम्मानद्वारा सम्मानित भएको थिएँ म । मोहन दुवालले सम्मान गरेका हुन् मलाई । जनमत साहित्यिक पत्रिकाको सम्पादन गर्दै आएका मोहन दुवालले मलाई किन सम्मान गरेका होलान् रु मलाई आश्चर्य लागेको छ । मलाई लाग्यो, त्यो सम्मान मलाई गरिएको होइन उनी आफैँ सम्मानित भएका हुन् । मोहन दुवालको नाम सुनेपछि मेरो शिर झुक्दछ । यतिखेर नेपालमा हजारौंहजार साहित्यकार छन्, तर मोहन दुवाललाई देखेपछि मेरो शिर झुक्दछ, कारण उनी इमानदार मात्र होइनन् साधक, समाजसेवी पनि हुन् अनि हामीजस्ता युवाहरूका लागि उदाहरणीय र नमुना बनेका छन् । जो कोहीले उनले गरेका जति कर्म गर्नको त के कुरा आँट गर्न पनि सक्दैन वा मेलोमेसो बुझ्दैन । उनी नेपाल राष्ट्रको एक असलपुत्र हुन् र उनको जनमत राष्ट्रको उब्जनीयोग्य भूमि हो । साहित्यिक क्षेत्रका एक महापुरुष मोहन दुवालको जस्तो पवित्र मायाले गरेको सम्मान जनमत जनकसेवा सम्मानबाट सम्मानित हुन पाउँदा मलाई गर्व लागेको छ ।मैले उनलाई सम्मान गर्न सकेको छैन । आदरणीय मोहन दुवाललाई यिनै शब्दहरूले पूजा गर्दछु, मैले दिने सम्मान यत्ति हो ।
मलाई मोहन दुवालले दिएको जनमत जनकसेवा सम्मान मेरा लागि प्रेरणाको स्रोत पनि थियो । यति मात्र होइन, मलाई सुनकोसी साहित्य प्रतिष्ठानद्वारा अर्पण गरिएको सुनकोसी प्रतिभा सम्मान, व्यथित सिन्धु प्रतिभा सम्मान कोषद्वारा अर्पण गरिएको सिन्धु प्रतिभा सम्मान आदि पनि दुवालकै सिफारिसमा भएको हो ।मोहन दुवालले मलाई किन यति धेरै माया गरेका होलान रु एउटै कोखको दाजुले जत्तिकै माया गरेका छन् मलाई उनले ।
मैले भेटेजतिका पत्रपत्रिकाको सामान्य अध्ययन गर्दै आएको छ । कतिपय पत्रिकाहरू नामअनुसारको काम र कामअनुसारको नाममा संयोजन भएको पाइन्न । त्यो एउटा पत्रिका मेरा नजरमा पर्यो जसको नाम र काम एउटै भएको रहेछ । त्यो पत्रिका हो जनमत । २०४७ सालमा जनमत भन्ने पत्रिका पहिलोपटक देखेको र पढेको हो मैले । जनमत साँच्चै जनताकै मत बनेको रहेछ । उसले कुनै राजनीति दलविशेष, वर्गविशेषको भेदभाव नराखीकन हरक्षेत्रबाट प्रष्फुटित भएका प्रतिभाहरूलाई सार्वजनिक गराउँदो रहेछ । बालकदेखि वृद्धसम्मका सिर्जनालाई प्रस्तुत गर्दो रहेछ । उसको आफ्ना मतचाहिँ स्वच्छन्द मानवतावादतर्फ गएको जस्तो लाग्यो । एउटा उद्देश्यचाहिँ रहेछ उसको । त्यो उद्देश्य भनेको हरेक मानिसको पीडालाई सार्वजनिक गराउने र शोषण दमनविरुद्धमा कलम चलाइरहनुपर्ने । उसले कसैको भजनकीर्तन गाएन । कुनै राजा बादशाहलाई नमस्कार गरेन तर राजा बादशाहहरूका पनि मानवीय पीडालाई भने स्विकार गर्यो। जुन पीडा राज्यशासन चलाउनका लागि नभई समस्त प्राणीवर्गका हितखातिर उब्जिएका छन् ।
जनमत भन्नेबित्तिकै म मोहन दुवाललाई सम्झन्छु । मोहन दुवाललाई मैले नेपाली साहित्यजगत्मा एक उदाहरणीय, नमुनायोग्य व्यक्तित्वको रूपमा पाएको छु । वास्तवमा उनी नेपाली साहित्यको उत्थान, विकास, विस्तारमा लागेका एक जिउँदा विभूति हुन् भन्ने लाग्छ मलाई । एउटा निजी क्षेत्रबाट जनमतलाई जस्तै निरन्तरता दिइरहने अरू कति मानिस होलान् र यो नेपालमा रु सायद सरकारी निकाय संघसंस्थाहरूबाट निस्कने गरेका मधुपर्क, गरिमा आदिलाई निजी क्षेत्रबाट निक्लने जनमतको हुङ्कारले तर्साइसकेको हुनुपर्दछ । जनमतले देशका कुनाकुनासम्मका सष्टासम्म आफूलाई पुर्याएको छ । ऊ अर्कालाई सम्मान गरेर आफू सम्मानित भएको छ । उसले देशका धेरै स्रष्टाहरूलाई दोसल्ला ओढाइसकेको छ । लाग्छ, मोहन दुवाल एउटा सूर्य हो, जसको प्रकाश जनमतको स्वरूपमा सबैतिर पुगेको छ । ऊ एउटा युगप्रतिनिधि हो, जसले नयाँ युग जन्माउन खोजिरहेको छ । मैले माथि नै ुमोहन दुवाल आफैँ एउटा महाभारत होु भनेर बखान गरिसकेको छु । ऊ एउटा महाभारत हो, जसभित्र पसेर व्याख्या विश्लेषण गर्न कठिन छ । मोहन दुवालका बारेमा जति शब्द खर्चिए पनि त्यो अधुरो र अपुग नै रहनेछ । जनमतले एउटा इतिहास कोरिसकेको छ । अब त्यो कहिल्यै मेटिंदैन । उसले सबै क्षेत्रको माया बटुलेको छ अब त्यो कहिल्यै बिटुलिँदैन । मोहन दुवाल एउटा कर्मशील हात हो, जुन हात राष्ट्रनिर्माणका लागि अत्यन्त उपयोगी बनेको छ । त्यहीँ नयाँ नेपालको परिकल्पना छ । नढाँटी भन्ने हो भने मोहन दुवाल नै नयाँ नेपालको नमुना र आदर्श हो । उसको जस्तै पवित्र कर्म गर्दै गए अर्को नयाँ नेपाल खोजिरहनु पर्दछ र रु हाम्रा नेताहरू नयाँ नेपालको कल्पना मात्र गर्दछन् तर मोहन दुवालहरूसित सल्लाह लिँदैनन् । मोहन दुवालहरू यस्ता व्यक्तित्व हुन् जसले राज्य सञ्चालन गर्छु भनेर अगाडि गएका नेताहरूलाई असल बाटोबाट हिँडाउन सक्दछन् ।
जनमत साहित्यिक पत्रिकाको वार्षिक उत्सवका अवसरमा सम्झनाका केही शब्द कोर्न पाउँदा ज्यादै खुसी लागेको छ । जनमत मेरो मुटुमा मात्र होइन सिङ्गो राष्ट्रभरि पुगेको छ । जुन पत्रिकाको समीक्षा गर्न मेरो औकात पुग्दैन । म यति मात्र भन्न चाहन्छु । जनमत साँच्चिकै जनताकै मत बनेको छ, त्यसका सम्पादक मोहन दुवाल आँखाका नानी ।