Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय शिक्षामा पूर्व विद्यार्थीको अतुलनीय योगदान छ ः प्रअ बस्नेत

प्रभातफेरी अनलाइन ३७८१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १, आईतबार (४ साल अघि)
गुणस्तरीय शिक्षामा पूर्व विद्यार्थीको अतुलनीय योगदान छ ः प्रअ बस्नेत

काभ्रे । एसएलसी समूह २०४५ ले आयोजना गरेको सरस्वती पूजा एवं पोशाक वितरण (ट्रयाक सुट) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाउद्र बस्नेतले अतितलाई केलाउँदै पूर्व विद्यार्थीहरुको अतुलनीय योगदानले गुणस्तरीय शिक्षा दिनका लागि राहत मिलेको बताउनुभएको छ ।

आइतबार पनौतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रअ बस्नेतले दक्षिण भेगकै शैक्षिक हबको रुपमा रहेको पनौतीले शिक्षाको क्षेत्रमा अनुकरणीय योगदान पु¥याएको छ । त्यसमा सहयोगी हात भनेका पूर्व विद्यार्थीहरु नै हुन् । जसका कारण आजसम्म उहाँहरुकै नाम बेचेर हामी अगाडि बढिरहेका छौं । त्यसैले आजका छात्राछात्रहरुले आफ्ना अग्रजहरुले समाज रुपान्तरणमा पु¥याएको योगदानको अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कार्यक्रमका संयोजक पुरुषोत्तम कर्माचार्यले कार्यक्रमबारे प्रष्ट्याउनु हुँदै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि कुनै कुराको पनि कमी हुन नदिने प्रतिबद्धता जाहेर गर्दै इन्द्रेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १ देखि १० सम्मका छात्राछात्रहरुलाई विद्यालय पोशाकका साथ आवश्यक अन्य शैक्षिक सामग्रीहरुको व्यवस्थापनका लागि विद्यालय परिवार लागिपरेको बताउनुभएको थियो । त्यसैको एउटा पाटो एसएलसी समूह २०४५ ले कक्षा १ देखि ५ सम्मका लागि स्वीटर सहित ट्रयाक सुट र ६ देखि १० सम्मका लागि ट्रयाक सुटको व्यवस्थापन गरेर विद्यालयलाई ऋणी गराएको बताउनुभएको थियो । जसबाट विद्यालयमा अध्ययनरत छात्राछात्रहरु विद्यालय पोशाकबिना विद्यालय आउन बञ्चित हुने अवस्थाबाट मुक्त भएका छन् । यो अभियान हामी निरन्तर अगाडि बढाउने छौं । जसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास लिएको अध्यक्ष कर्माचार्यले बताउनुभएको छ ।

कार्यक्रममा एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहाल, जया सैंजू, सूर्य सैंजू लगायतका वक्ताहरुले आफूले अध्ययन गरेको विद्यालयका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभएको छ । कार्यक्रममा एसएलसी समूहका तर्फबाट विद्यालयका लागि प्रदान गरिएको पोशाक लगायतका सामानहरु हस्तान्तरण गरिएको थियो । सोही अवसरमा पनौती नगरपालिका वडा नं. ४ मा अवस्थित रियल नेपालमा अध्ययनरत ८ जना दृष्टिविहिन विद्यार्थीहरुलाई समेत पोशाक वितरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0