Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रभातफेरीः मेरो दृष्टिमा

प्रभातफेरी अनलाइन ६७७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
प्रभातफेरीः मेरो दृष्टिमा

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

“कुनै उपलक्ष्यमा बिहान मानिसहरु जुटेर नारा लगाउँदै वा गानाबजाना गर्दै घुम्ने काम ।” (नेपाल संक्षिप्त शब्दकोश) “कुनै कुराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रुपमा नारा लाउँदै तथा गानाबजानाका साथ रमाइलो गर्दै निश्चित ठाउँ वा क्षेत्रमा परिक्रमा गर्ने वा घुम्ने कार्य ।” (नेपाली बृहत् शब्दकोश)
प्रभातफेरीको अर्थ शब्दकोशमा खोज्दै गर्दा माथि उल्लेख भएका दुइटा शब्दहकोषहरुबाट टिपिएका सन्दर्भहरु यहाँ व्यक्त गरिएको छ । प्रल्हाद शर्माले प्रयोग गर्नुभएको साप्ताहिक प्रभातफेरीले कुन अर्थ, कुन भावना अन्तर्गत आफूलाई समाहित तुल्याउनु भई समाचारजगत्मा आउनुभएको छ, त्यो उद्देश्य त समाचार संप्रेषण गर्दादेखि नै देखिंदै आएको हो; देख्नले अवश्य देखिरहेका हुन्छन् । म पनि देखिरहेको छु ।
विगतलाई हेर्दा ‘नव संकेत’ मा समाचार, खबर र साहित्यमात्र नभई ओझेलमा परेका भुईंमान्छेमा दरिएका ‘पासा द्वारिका’ विशेष अङ्कसमेत प्रकाशित गर्दै र गराउँदै समाचारपत्रमार्फत् आफूलाई देखाउँदै आउनुहुने प्रल्हाद शर्मा हुमागाईंलाई उहाँको पत्रकारिता सेवा र प्रकाशनमा त्यसैबेलादेखि नै नमन गर्दै अथवा धन्य भन्दै आएको सन्दर्भ सम्झनामा आइरहन्छ । त्यसैले भन्न सकिन्छ प्रल्हाद शर्मा हुमागाईंको विगत भनेको ‘नव संकेत’ को प्रकाशन पनि हो । मैले त्यसताका पनि ‘नव संकेत’ मा आफ्ना अनुभूतिहरु विभिन्न माध्यमबाट पोख्न पाएको हुँ । त्यसैले मैले भन्नुपर्छ प्रभातफेरीमा प्रधानसम्पादक प्रल्हाद शर्मासँग मेरो सम्पर्क धेरै पहिलेदेखि नै आत्मीय ढङ्गले सम्बन्धित हुँदै आएका सम्झिनलायकका थुप्रै सम्झनाहरु छन् । मलाई उहाँ ‘गुरु’ भनेर सम्बोधन गर्नुहुन्छ, मेरो साहित्यिक यात्रामा उहाँ गौरवबोध गर्नुहुन्छ, मैले मागेको सहयोगमा नाईं नभनी भि त्री दिलदेखिको समर्पण भाव जनाउनु भई सहयोग गर्नुहुन्छ । मलाई लाग्छ; हामीबीच दुईको सम्बन्ध चाप्लुसीभावमा मात्र सीमित र औपचारिकतामा मात्र होइन आत्मीय खालको सामिप्यता छ ।
पत्रिका भनेको पत्रिका नै हुनुपर्ने; पत्रिका भनेको कुनै पार्टीको मुखपृष्ठ अथवा पार्टीमुखी दृष्टिमात्र फिँजाउने यन्त्र हुनुहुँदैन भन्ने धारणा राख्ने म एकजना स्वतन्त्रढङ्गको विचार राख्ने स्रष्टा पनि भएकोले कहिलेकाहिँ एकतर्फी पार्टीगत समाचार मात्र संप्रेषण भएको देख्दा पार्टीकारितामा ‘प्रभातफेरी’ चुर्लुम्म डुब्दै जाला कि भन्ने मलाई डर लाग्छ । पत्रकारहरु पनि अप्ठ्यारो स्थितिमा बाँच्न, नियमित प्रकाशन गरिरहन सकस हुने स्थिति भोगेर पार्टीको झण्डा समाउन बाध्य छ कि कसो ? धेरैजसो पत्रिकाहरुले जस्तै त्यही दृष्टि प्रभातफेरीले बोकिरहेको देखिन्छ — जुन कर्म पत्रकारिता होइन जस्तो मलाई लाग्छ ।
तर पनि १७ वर्षदेखि धेरै कठिनाई भोगेर पनि ‘प्रभातफेरी’ ले आफूलाई काभ्रेकै पत्रकारिताजगत्मा, आफूलाई सरलढङ्गले उभ्याउन सफल छन् । काभ्रेका अन्य साप्ताहिकहरुको हूलमा ‘प्रभातफेरी’ को आफ्नै खालको पहिचान देखिंदो छ । अग्रिम पृष्ठमा जिल्लाका महत्वपूर्ण समाचारहरु, सम्पादकीय, ठाउँ–ठाउँमा भएका घटनाका समाचारहरु, राजनीतिक तथा समसामयिक विषयमा लेखिएका लेख–रचनाहरु, स्वास्थ्यको जानकारी दिने पृष्ठहरु संप्रेषण गरेर पनि प्रभातफेरीले आफूलाई देखाएका छन् ।
अझ यस पत्रिकामार्फत् साहित्य, साहित्य–दृष्टि, स्रष्टाहरुको परिचय, टुक्का कविता, साहित्यकारहरुको विस्तृत चर्चा, समीक्षाका पृष्ठहरु राखेर साहित्यकर्मीहरुको मर्ममा साथ दिने काम भएको छ जुन प्रशंसनीय र उदाहरणीय छ । २० सौं वटा समाचारपत्रका रुपमा प्रकाशित हुने यस जिल्लाका साप्ताहिकहरुमा साहित्यका पृष्ठहरु सबैमा समेटिएका छैनन्, कुनै–कुनैले समाचारसम्म प्रकाशित गरेका छन्, कुनै–कुनैले कवितासम्म छापेर आफूलाई साहित्यका हितैषी पनि देखाएका छन् । तर समग्रमा साहित्यलाई सधैं पृष्ठहरु दिएर आफूलाई साहित्यका समर्थकका रुपमा देखाउने कार्य ‘प्रभातफेरी’ ले गरेका छन् । एकजना साहित्यकारको नाताले मैले भन्नुपर्छ – साहित्यमा प्रभातफेरीले उदारमन खन्याएको छ; जुन स्तुत्य र प्रशंसा गर्न लायकका छन् ।
त्यसैले सङ्क्षेपमा म भन्छु — ‘प्रभातफेरीले अझ योभन्दा आफूलाई विस्तारित गरेर लग्न सकोस्, उदार दिलले जिल्लाका उत्कृष्ट समाचारहरु संप्रेषण गर्न आफूलाई समर्पित तुल्याउन सकोस् — प्रभातफेरीको प्रगतिको कामना गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0