Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

प्रभातफेरी अनलाइन ७०० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

बद्रिराज तिमल्सिना, अध्यक्ष
नेपाल पत्रकार महासंघ, काभ्रे

राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार क्षेत्र परिवर्तनको संवाहक हो । इतिहासका हर परिवर्तनहरुमा सञ्चार क्षेत्र सदैव अग्रभावमा रहेर अहम् भूमिका निर्वाह गरिरहेको छ । आम नागरिकको सूचनाको हकको प्रत्याभूती दिलाउनको लागि सञ्चारक्षेत्रले खेलेको भूमिका सदैव स्तुत्य छ । झन पछिल्ला दिनहरुमा सञ्चारले स्थानीय सरकारका कार्यहरुलाई पारदर्शी र जनताप्रति पूर्ण जवाफदेही बनाउन खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्न हामीले कञ्जुस्याईं गर्न हुन्न । यस्तै सञ्चारजगतले पनि यसको महत्व र गरिमालाई उच्च राख्न आफूलाई २४ क्यारेटको सुन झैं हरदम प्रमाणित गरिरहनु जरुरी पनि छ ।
काभ्रेको पत्रकारिता क्षेत्र पनि यही भावबाट अगाडि बढिरहेको छ । यस उर्वर भूमिको एक दरिलो दस्तावेज बनेर उभिएको प्रभातफेरी साप्ताहिक १८ औं वर्ष प्रवेशको यो शुभ अवसरमा साप्ताहिका सम्पूर्ण परिवारमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । ऋतुका हर याम आयामहरुमा प्रभातफेरीले काभ्रेली पत्रकारिता क्षेत्रलाई पु¥याएको योगदानप्रति धन्यवाद ।
१८ वर्षे लक्का जवान यस प्रभातफेरी साप्ताहिकले लिएका उद्देश्य, लक्ष्य, लक्षित गरिएका वर्ग, समाज, क्षेत्र, जिल्ला, प्रदेश, राष्ट्रिय, अन्र्तराष्ट्रिय जगतमा समेत प्रभाव जमाओेस भन्ने शुभेच्छा प्रकट गर्दछु । मेरो लामो अवधिको अनुभवबाट यसलाई मलजल गर्न, इट्टा थप्न, रंगरोगन गर्न, संरक्षण र प्रवद्र्धन गर्न, बौद्धिक जमातमा जाँचिन, उत्पादन गर्नेदेखि उपभोग गर्ने वर्गसम्मको सामान्यजस्य र सन्तुलन कायम गराउन, नीति निर्माता देखि निर्देशनको पालना गर्ने तहसम्मका लागि जोड्ने तथा निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई सचेत बनाउन जे जस्ता भूमिका निभाउनमा प्रभातफेरी सफल रहोस् शुभकामना ।
साप्ताहिकले आफ्ना साजसज्जा, सामाजिक सञ्जालमा दरिलो उपस्थिति र वेभसाइटमार्फत विश्व मान चित्रमा पुग्न थप जोडबल गर्न सकोस् भन्ने कामना पनि छ । यसका अलावा गरिबी, पछौटेपन, अशिक्षा, सामाजिक र आर्थिक उत्पीडन, प्रजातान्त्रिक पद्धति, सुशासन, सामाजिक, न्याय, समावेशी आर्थिक सम्वृद्धि, स्वावलम्वनतर्फ आर्कषित गर्ने बाटो तय गर्न रणनीति बनाउन सक्यौ भने पक्कै सफल भइनेछ । समाज र सामाजिक जीवनसँग जोडिने हरेक फरक फरक पाटाहरूलाई जोडन सकिएमा अझै फलदायी हुनेछ भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढोस् ।
स्वतन्त्र प्रेस लोकलतन्त्रको जननी हो । लोकतन्त्रको जगमा मात्र स्वतन्त्र प्रेसको अस्तित्व रहेको छ । कानुन, आचारसंहिता, नैतिकता, इमान्दारिता, प्रेस र पत्रकारका लागि गायत्रीमन्त्र जस्तै भएको कुरालाई मनन गर्दै राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता सम्पन्न जनतालाई सर्वोपरी मान्दै लोकतन्त्रलाई संस्थागत विकासका लागि प्रभातफेरीका आगामी दिनहरु थप सशक्त बनुन्, शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0