logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

प्रधानमन्त्री बालेन आज मुस्ताङ जाँदै

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
प्रधानमन्त्री बालेन आज मुस्ताङ जाँदै

काठमााडौँ / प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज पोखरा हुँदै मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थलबाट मुस्ताङ जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको औपचारिक उद्देश्य भने उनका निकटस्थहरूले खुलाएका छैनन्। यद्यपि, उनले प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाहसहितको टोली शुक्रबार नै काठमाडौं फर्किनेछ।