logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौँ / गण्डकी प्रदेशसभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने भएको छ। गत साउन १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा बैठक आह्वान गरिएको हो।

प्रदेशसभा सचिव गोविन्द पौडेलका अनुसार भदौ ११ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय भएको छ।

यसअघि गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८० भदौ ३ गते भएको थियो।