Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुठ्ठी दान, योग दिवस र नैमिषारण्यका वटुक

प्रभातफेरी अनलाइन ५५९६ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
मुठ्ठी दान, योग दिवस र नैमिषारण्यका वटुक

काभ्रे (बनेपा) । इस्वी सम्वत् अन्तर्गत जुन महिनाको २१औं तारिख अर्थात् असार ७ गतेलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाइँदै आएको छ । सोही क्रममा काभ्रेमा रहेको नेपाल योग खेलकुद संघले आफ्नो सातौं अन्तर्राष्ट्रिय योग दिवस वटुकहरुका लागि सहयोग गरेर मनाएको छ ।
सोमबार वैदिक विधि अनुसार संकल्प गरेर वटुकहरुका लागि खाद्यान्न एवं स्वास्थ्य सामग्री एक समारोहबीच हस्तान्तरण गरिएको छ । नैमिषारण्य संस्कृत गुरुकुल, वेद वेदाङ्ग आवासीय विद्यालयमा अध्ययनरत वटुकहरुका लागि उक्त खाद्यान्न नेपाल योग खेलकुद संघ काभ्रेले हस्तान्तरण ग्रहण गर्ने क्रममा प्राचार्य प. दिव्यमणि अधिकारीले यस किसिमको सहयोगले वटुकहरुमा उर्जा पैदा हुने र शिक्षकहरुमा पनि लगनशीलता जागृत हुने स्मरण गराउनुहुँदै मानवीय सेवा गर्नुछ त यस किसिमका गतिविधिले मानव मात्रको सेवा हुने आफूले मनन गरेको बताउनुभएको छ । उक्त सहयोग ग्रहण गर्दै प्राचार्य अधिकारी थप्नुहुन्छ– कोरोना महामारीले मुलुकलाई नै आक्रान्त पारिरहँदा गुरुकुल अछूतो रहने कुरै भएन । जसका कारण समस्याहरु सिर्जना हुनु नौलो होइन । त्यसैले यस किसिमका सहयोगहरु परिस्थिति अनुसार उपयोग गर्दै जाने अख्तियार गुरुकुलले लिएको छ । नैमिषारण्य संस्कृत गुरुकुल वेद वेदाङ्ग आवासीय विद्यालयले धर्म, संस्कृत, परम्परा, रितिरिवाजलाई स्थापित गर्ने जमर्काे सहित वटुकहरुलाई दक्ष बनाउने क्रममा विभिन्न समस्याहरु नआएका होइनन् तर पनि सहयोगी दाताहरुको सहकार्यमा समस्याहरु चिर्दै अगाडि बढिरहेको बताउनुभएको थियो ।


सो अवसरमा योग खेलकुद संघ काभ्रेका अध्यक्ष पुर्णचन्द्र सिग्देलले शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको स्मरण गराउँदै आज जुन किसिमको मानवीय सेवा अन्तर्गत निरन्तर रुपमा यस विद्यालयलाई वार्षिक रुपमा सम्झिन पाउँदा हामी यो खेलकुदसँग आबद्ध रहेका योगीहरु सन्तुष्ट भएका छौं । जसबाट वटुकहरुको यस संस्कारप्रति आत्मबल बढेर जानेमा विश्वास लिएको बताउनुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख कृष्णप्रसाद पराजुलीले कोभिडका कारण सिंगो मुलुक आक्रान्त भइरहँदा आयुर्वेदको तर्फबाट आत्मबल प्रदान गर्ने आयुर्वेदिक औषधीहरु उत्पादन र वितरणका लागि केही प्रयास भएका छन् । जसको प्रचारत्मक रुपमा केही औषधीहरुलाई दैनिक उपयोगको रुपमा सिफारिस गरेअनुसार जेठी मधु लगायत मिश्रित पाउडरको प्रयोगबाट प्रतिरक्षा प्रणाली मजबुत बनाउने पुष्टि भएको हुँदा सोको प्रयोगका लागि सबै नेपालीजनमा आग्रह गर्नुहुँदै उक्त अवसरमा सहभागी अतिथि एवं विद्यालय परिवारका लागि एक हप्ते प्याकेज पाउडर वितरण गर्नुहुँदै उक्त पाउडरको प्रयोगबाट रोगसँग लड्नसक्ने क्षमता विस्तार हुने बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा गोसाईंस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले यस किसिमका कार्यक्रमहरुले धर्म, संस्कृति, परम्पराको संरक्षण हुनुको साथै मानवीय सेवामा समर्पित हुनका लागि आकर्षित हुने वातावरण सिर्जना गर्दछ । जसको शुभारम्भ विगत देखि नै योग खेलकुद संघले गर्दै आएको छ । जसका कारण प्रत्येक मानवजनहरुले स्वस्थ र निरोगी जिउनका लागि योग अति उत्तम माध्यम बनेको छ । त्यति मात्र नभई मानवीय सेवामा समर्पित हुनको लागि प्रेरणा समेत मिलेको अध्यक्ष शाहको तर्क थियो । जुन किसिमको संस्कार विकास गरिएको छ यसले मानवीय सेवामा समर्पित हुनेहरुका लागि सकारात्मक सन्देशका रुपमा लिन सक्छौं भन्ने विश्वास आफूले लिएको अध्यक्ष शाहको थप कथन थियो ।
उक्त अवसरमा नेपाल खेलकुद विकास समिति काभ्रेका मानविर वाइवा, पत्रकार मोतिराम तिमल्सिना, संघका सचिव राजन अधिकारी लगायतले योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुने जानकारी गराएका थिए । किरण न्यौपाने र शुभेच्छा न्यौपानेले योग कला प्रदर्शन गरेर योगका बारेमा प्रष्ट्याएका थिए ।
विद्यालयका बारेमा नैमिषारण्य क्षेत्र विकास समितिका सचिव पदमनाथ ढुंगानाका अनुसार नैमिषारण्य संस्कृत गुरुकुल वेद वेदाङ्ग आवासीय विद्यालय आधिकारिक रुपमा शिक्षा मन्त्रालयसँग आबद्ध छ । भन्न खोजिएको नेपाल सरकारको स्वीकृति प्राप्त शैक्षिक संस्थाको रुपमा स्थापित निकाय हो । कक्षा १ देखि १० सम्म स्वीकृति प्राप्त यस शैक्षिक संस्थामा हालसम्म कक्षा ६ देखि १० सम्म सञ्चालन हुँदै आएको छ । ५६ रोपनी क्षेत्रफलमा फैलिएको यस शैक्षिक संस्थामा संस्कृत भाषामा पठनपाठन भएता पनि अन्य पाठ्यक्रमहरु पाठ्य विकास केन्द्रको नीति अनुसार पढाइ हुँदै आएको छ । जसमा अंग्रेजी, सामाजिक, गणित, नेपाली र ऐच्छिक संस्कृतका ४ वटा विषय अध्यापन गराइन्छ ।
अहिले समाजमा वेद–वेदाङ्ग, संस्कृत गुरुकुल भनिसकेपछि दैनिक चलनचल्तीका विषयहरु अध्यापन नहुने हो कि भन्ने एक किसिमको अनविज्ञताकै कारण संस्कृत विद्यालयप्रति हेर्ने दृष्टिकोण समग्रमा फरक छ । जसको कारण संस्कृत विद्यालयप्रति अभिभावकको चासो कम हुनु स्वभाविक हो । त्यसैले यस किसिमको सोचाइमा परिवर्तन ल्याउनु आवश्यक छ । त्यसो गर्न सकियो भने संस्कृत विद्यालयप्रति अभिभावकहरुको मोह जाग्ने छ र नैतिकवान् एवं दक्ष जनशक्ति उत्पादनमा संस्कृत विद्यालयले आफूलाई उभ्याउन सक्नेछ भन्ने विश्वास लिएको सचिव ढुंगानाको तर्क छ ।
अहिले यस विद्यलायमा ७ जना शिक्षक, २ कर्मचारी र ४३ जना वटुकहरु रहेका छन् । भन्नैपर्दा उहाँहरुको दैनिकी मुठ्ठीदानबाट चल्दै आएको छ । यही शैक्षिक सत्रदेखि नेपाल सरकारले दरबन्दी कायम गरी तलबको व्यवस्था गर्ने भएको छ भने विद्यालयले आचार्यको पढाइ अगाडि बढाउने पनि भएको सचिव ढुंगानाले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0