Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

प्रभातफेरी अनलाइन १२१६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

काभ्रे । २०७२ सालमा आएको विनाशकारी भूकम्पले मानवीय सँगसँगै भौतिक संरचनालाई समेत ध्वस्त पार्दै विनाशकारी उपमा लिएर गएको पनि आज ७ वर्ष बितिसक्यो । यो अवधिमा भूकम्पले ध्वस्त बनाएका भौतिक संरचनामध्ये पनि सार्वजनिक संरचनाहरु कति बने र कति उपयोगमा आए कुनै लेखाजोखा छैन । त्यसैको एउटा प्रतिनिधि पात्रको रुपमा आफूलाई उभ्याउन बाध्य बनेको यस क्षेत्रकै अग्रणी विद्यालय जनता माध्यमिक विद्यालय भएको सञ्चारकर्मी क्रान्ति लामाको ठम्याई छ ।
उहाँका अनुसार सबैभन्दा जेठो र विद्यार्थी संख्याको हिसाबले पनि अब्बल रहेको जनता माध्यमिक विद्यालय यतिबेला पिउने पानीको समस्याले काकाकूल बन्न पुगेको छ । यहाँ पिउने पानीको सँगसँगै शौचालय प्रयोगमा समेत पानीको अभाव खेप्नु विवश रहेको लामाको गुनासो छ ।
अहिले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खानेपानीका लागि घरबाटै पानी बोकेर लैजानुपर्छ । गाउँमै पानीको समस्या रहेकाले खानेपानी बोकेरै लानुपर्ने बाध्यता रहेको विद्यार्थीहरु बताउँछन् । हामी सबै साथीले पिउने पानी यसरी नै घरबाट बोतलमा बोकेर ल्याउने गरेका छौँ । उनीहरुले एकै स्वरमा गुनासो राखे । त्यहीँ बिचबाट एकजना विद्यार्थीको आवाज थियो– हाम्रो त घर नजिकै विद्यालय भएको कारण पनि सजिलो छ । कहिलेकाहीँ बिस्र्यो भने पनि घरमै खुरुरु गएर ल्याउने गर्छाैं ।
यसरी समग्र विद्यालयको समस्या पोख्दै पिउने पानीको अभावमा पलपल तड्पिरहेको पिडा पोखिरहँदा विद्यालय परिवारसँग अर्काे कुनै जवाफ छैन । खानेपानीदेखि शौचालय जानुपर्ने अवस्थामा घरमै पुगी फर्केर आउने गरेको विद्यार्थीहरुको गुनासो प्रशस्तै भेटिन्छ । यता विद्यालय सहयोगीको पनि गुनासोमा केही भिन्नता छैन । विद्यालयमा आफूले काम गर्न थालेदेखि नै खानेपानीका लागि गाउँदेखि तल रहेको खोल्साबाट पानी बोकेरै ल्याउनुपरेको पिडा पोख्नुभएको छ ।
उहाँको थप कथन छ– काम गर्न थालेको १८ वर्ष भयो, त्यही बेलादेखि बिहानै धाराबाट बोकेर ल्याएर पानी घरमा राख्ने अनि विद्यालय खोल्ने समय भएपछि लगेर ख्वाउने गर्दै आएको छु । उहाँले भन्नुभयो– पछि गाउँमा नजिकै धारा आए पनि पर्याप्त नभएका कारण अहिले पनि विगतकै निरन्तरता बोकेरै ख्वाउने गरेको बताउनुहुन्छ ।
आफ्नो विद्यालयमा विद्यार्थी संख्या अन्य विद्यालयको दाँजोमा निकै भएकाले दिनको दुई चार गाग्री ल्याएर पुग्दैन । जसको कारण सुरु सुरुमा पिउन आउने विद्यार्थीलाई पुगेपनि अन्यलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगीको गुनासो छ । पानीको मुहान नजिक नभएका कारण सधैँभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उहाँले बताउनुभएको छ । सो विषयलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सञ्चारकर्मी क्रान्ति लामाको थप कथन छ– यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताउँछन् ।
आफ्नो विद्यालयमा यस क्षेत्रकै उच्च विद्यार्थी संख्या रहेको स्मरण गराउँदै विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उहाँको गुनासो छ । पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकलाई समेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ ।
पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि भुम्लु गाउँपालिका वडा नं ५ सल्लेबाट थोरै पानी आइरहेको भएतापनि आफूहरुले उपभोग गर्दै आएको पानी छिमेकी बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका छन् । जसले गर्दा विद्यालयमा खानेपानीको समस्या झन् जटिल बनेको व्यवस्थापन समितिको अध्यक्ष लामाको गुनासो छ । भौतिक रुपमा सक्षम विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स भएता पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको दुखेसो अध्यक्ष लामाको छ ।
“देख्दा सुविधा सम्पन्न भवन देखि सबै आवश्यक कुराहरु छन् तर व्यवहारमा कति कुराहरु छैनन् । यसमा लामाले भनेजस्तै चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि छ । बिडम्बना ! बाहिरको आवरण जति सुन्दर छ, त्यति भित्री संरचना कुण्ठित भएर बसेको आभाष जो कोहि पुग्दा पनि महसुस गर्न बाध्य हुन्छन् ।” शौचालयमा धाराको टुटी जोडेर राखिएको छ तर आफ्नो पालामा धाराको टुटीबाट पानी भने नझर्ने भो भन्न पछि पर्दैनन् विद्यार्थीहरु ।
स्मरण रहोस्, पुनर्निर्माण पछि निर्माण भएका आधुनिक भवनहरुमा यि समस्याहरु अपवाद रुपमा सबैमा भेटिएका छन् । यसले के पुष्टि गर्दछ भन्ने सवालमा विध्वंशपछिको पुननिर्माण पनि अधुरो नै भएको तथ्य माथिका हरफहरुले पुष्टि गर्दछ । तसर्थ, साँच्चै दीर्घकालिन समाधान खोज्ने हो भने विद्यार्थीहरुको नैसर्गिक अधिकारलाई सम्बोधन गर्नका लागि आवश्यक पर्ने कुनै कुराहरुको पनि अभाव नखड्किने गरी गुरुयोजनासहित भौतिक संरचनाहरु स्थापना गर्न तर्फ चेतनाको विकास हुन आजको आवश्यकता रहेको सञ्चारकर्मी लामाको आग्रह छ । यसबाट भवन निर्माणमा खटिएका प्राविधिक र सरोकारवाला निकाय आज पनि आफूलाई बेखबर भएको महसुस गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0